छ हजार ट्याक्सी चालक कारबाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।
महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताउनुभयो । “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।
बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले रु तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाही पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताउनुभयो । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न महाशाखाले आग्रहसमेत गरेको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिक...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु ...
इच्छाराज तामाङसहित १२ जना पक्राउ,संगठित रु...
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खाताम...
बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग...
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको...
पोखरामा पिजी रियल स्टेट नामक संस्था सञ्चाल...
पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनी...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभि...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका...
नेपाल बैंकमा नक्कली बैंक ग्यारेन्टी राखेर ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन...