सहकारी संचालन गरी रकम ठगी गरी फरार प्रतिवादी पक्राउ

सहकारी संचालन गरी रकम ठगी गरी फरार प्रतिवादी पक्राउ

सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-७ बस्ने ४२ वर्षीय रोशन श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीयअनुसन्धान ब्यूरोको टोलीले ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ जेठ २५ गतेको फैसलाले ८ लाख ४६ हजार २ सय ५० रुपैयाँ जरिवाना र २ बर्ष कैद हुने ठहर भई फरार रहेका प्रतिवादीलाई कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको हो ।

रोशन समेतका संचालकले काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत सर्वसाधारण बचतकर्ताहरुलाई जम्मा गरेको रकमको बढी ब्याज दिने भनी झुठ्ठा प्रलोभनमा पारी ३३ लाख ८५ हजार ५ सय रुपैयाँको साँवा रकम समेत फिर्ता नगरी संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर हुन आएको कसूरमा अदालतले प्रतिवादी रोशन श्रेष्ठको हकमा दामासायीबाट हुन आउने उक्त रकम बिगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो ।

पक्राउ प्रतिवादी रोशन श्रेष्ठलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.