अमेरिकी डलर साटिदिने भन्दै ५० लाख रुपैयाँ ठगी

अमेरिकी डलर साटिदिने भन्दै ५० लाख रुपैयाँ ठगी

तार्केश्‍वर नगरपालिका-११ शेषमतिस्थित खाली चौरबाट बसन्तपुर बस्ने मकवानपुर हेटौंडा घर भएकी २५ वर्षीया महिलाको नगद ५० लाख रुपैयाँ आइतबार साँझ ठगी भएको छ ।

अपरिचित २ जना व्यक्तिहरूले अमेरिकी डलर २० हजार साट्ने प्रलोभन देखाइ ती महिलासँग भएको उक्त नगद ठगी गरी फरार भएको बताइएको छ ।

महानरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ठगीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.