विदेशी मुद्रा साटीदिने भन्दै ठगी गर्न खोज्ने दुई पक्राउ

विदेशी मुद्रा साटीदिने भन्दै ठगी गर्न खोज्ने दुई पक्राउ

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले विदेशी मुद्रा साटीदिने भनि ठगी गर्न खोजेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्नेम्याग्दी रुम्बा घर भएका २६ वर्षीय तारा पुन र ढुङ्गेअड्डा बस्ने कन्चनपुर बेतकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय निरज डंगोल रहेका छन् ।

उनिहरुले काठमाडौं महानगरपालिका-१४ स्युचाटारबाट मित्रनगर बस्ने तनहुँघिरिङ सुन्धारा गाउँपालिका-३ घर भएका २३ वर्षीय दिनेश थापा  लाई नगद १ लाख रुपैयाँ विदेशी मुद्रामा साटीदिने भनि ठगी गरी लैजान लागेको अवस्थामा  प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.