कागजको पोकामा २ लाख रुपैयाँ छ भन्दै सुनको रिङ र नगद ठगी फरार

कागजको पोकामा २ लाख रुपैयाँ छ भन्दै सुनको रिङ र नगद ठगी फरार

कागजको पोकामा २ लाख रुपैयाँ छ भनि देखाई काभ्रे घर भएकी ७० वर्षीया महिलाको कानमा लगाएको सुनको रिङ १ जोर र नगद १८ हजार रुपैयाँ बिहीबार दिउँसो ठगी भएको छ ।

काठमाडौं डल्लुस्थित छोराको डेरा कोठा जाँदै गरेकी ती महिलालाई अपरचित २ जना पुरुषले कोठासम्म पुर्‍याईदिन्छु भनि पुरानो बसपार्कबाट काठमाडौं महानगरपालिका-२४ भेडासिङ लगि उक्त कागजको पोका देखाई साथमा रहेको उक्त धनमाल लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको तीव्र खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.