ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले आइतबार ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमि नगरपालिका-१ बोडेबाट साेहि ठाँउका ४८ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई जिल्ला अदालत, पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ४८ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा जरिवाना फैसला गरेको थियो । त्यस पछि फरार भएका श्रेष्ठलाई लुकीछिपी बस्दै आएकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.