सहकारी ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

सहकारी ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी मुद्दामा फरार भएकि एक महिलालाई पक्राउ गरेको छ।

ब्युरोको टोलीले काठमाडौं महानगरपालिका-२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट पक्राउ गरेको हो ।

काठमाडौं टोखा नगरपालिका–९ स्थित नाङ्गलो दीप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला सहकारीमा जम्मा भएको एक करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरी फरार भएको अभियोग छ ।

उनको सहकारीले २०७०/०७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार प्रदान गर्ने भन्दै विभिन्न प्रलोभनमा पारी रकम ठगेको प्रहरीले जनाएको छ ।

यो मुद्दामा उच्च अदालत पाटनले २०७३ चैत ७ गते एक महिना कैद सजाय र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना तोके पछि उनि फरार भएकि थिइन् ।

सिटौलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.