सस्तोमा डलर साटिदिने भन्दै ४ लाख रुपैयाँ ठगी

सस्तोमा डलर साटिदिने भन्दै ४ लाख रुपैयाँ ठगी

बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चा फलाम पुल नजिक सस्तोमा डलर साटी दिन्छु भनी काठमाडौं पुतलीसडक बस्ने ३५ वर्षीय देवीराम पुन मगरको साथबाट नगद ४ लाख बिहीबार दिउँसो ठगी भएको छ ।

अपरिचित २ जना ब्यक्तीहरुले डलर साटी दिन्छु भनी मगरसँग ४ लाख रुपैयाँ लिई २०/२० को नेपाली नोट ९५ वटाको ४ वन्डल करिब ७ हजार ६ सय रुपैयाँ बराबरको नेपाली रुपैयाँ दिई ठगी गरी फरार भएको बताइएको छ ।

ठगी गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.