डलर साटिदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी

डलर साटिदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी

सस्तोमा अमेरिकी डलर साटी दिने भन्दै अपरिचित ब्यक्तीहरुले प्रलोभनमा पारी सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका-३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सोमबार बिहान फरार भएका छन् ।

मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.