लाइसेन्स बनाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

लाइसेन्स बनाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै पैसा लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुरा जुगाडा गाउँपालिका-६ घर भई ठूलोभर्‍याङ बस्ने वर्ष २५ वर्षीय मानबहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका-४ घर भई स्वयम्भू बस्ने ३८ वर्षीय गणेश गुरुङ रहेका छन्।

उनिहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराइदिने भन्दै सेवा ग्राही सित दुई हजार लिइ रहेकाे अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाइएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.