जेलमा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ४२ लाख लिने वकिल पक्राउ

जेलमा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ४२ लाख लिने वकिल पक्राउ

प्रहरीले जेलमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४२ लाख रकम घूस लिएको आरोपमा एक वकिललाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रका अधिवक्ता टंक रानामगर रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार रानामगरले राजस्व चुहावटमा पूर्पक्षका लागि जेल चलान भएका रमेश दहालको परिवारसँग सो रकम लिएका थिए । छुटाइदिने भन्दै रकम लिँदासमेत रमेश नछुटेपछि उनका आफन्त प्रहरीको शरणमा पुगेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे  महाशाखाले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.