वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्की रहेका छन् । उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले भक्तपुरबाट पक्राउ गरेकाे हाे ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाले जनाएकाे छ ।

उनलाई महाशाखाले थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.