टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने पक्राउ

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको लागि टर्की र ग्रिस पठाइ पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माेरङकाे रतुवामाई नगरपालिका-६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले टेकुबाट पक्राउ गरेको हो ।

पोखरेलले आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरी फरार भएका थिए।

रकम लिएर लामो समयसम्म पनि रोजगारीमा नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए। सोही उजुरीका आधारमा निज पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको महाशाखाले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.