‘कुख्यात’ ठग रमेश बडु पक्राउ

‘कुख्यात’ ठग रमेश बडु पक्राउ

प्रहरीले ‘कुख्यात’ ठग रमेश बडुलाई पक्राउ गरेको छ ।

बैतडी दशरथचन्द्र गाउँपािलका–९ घर भएका बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुबाट पक्राउ गरेको हो ।

अहरी दमन सिंहदरबार गणमा कार्यरत भिमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेकाे आराेपमा महाशाखाकाे टाेलीले उनलाई पक्राउ गरेको हो।

महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार उनले रक्षा मन्त्रालयका सचिवलाई चिनेको छु भन्दै सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिने आश्वासन दिएका थिए।

यस्तै, उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै अरु दुई जनाबाट पनि २४ लाख रुपैयाँ ठगेको महाशाखाले जनाएको छ। उनलाई उच्च अदालत पाटनले २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। २०७५ कात्तिक १६ गते यस्तो फैसला आएपछि बडु फरार थिए।

पक्राउ परेका बडुलाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.