वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साह रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो ।

आकर्षक तलब हुने प्रलोभन देखाएर मलेसिया तथा दुबईमा वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा पठाउने भन्दै ९ जनासँग ११ लाख लाख ४२ हजार २ सय रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

आफूहरु ठगिएको भन्दै दर्पनारायण चौधरीलगायतले दिएको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.