वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको लागि संयुक्त अरब ईमिरेट्स (यूएई) पठाई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भई हाल काठमाण्डौको रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगर छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

घर्तीलेले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार एक सय रुपैयाँ ठगी गरेर फरार भएका थिए।

रकम लिएर लामो समयसम्म पनि रोजगारीमा नपठाई फरार भएपछि पीडितहरुले प्रहरीसमक्ष उजुरी दिएका थिए। सोही उजुरीका आधारमा निज घर्तीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घर्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.