रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ   

रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ   

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सडकबाट विभिन्न प्रकारका रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ तारकेश्वर नागरपालिका-१० बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका-४ घर भएका २१ वर्षीय अर्जुन अधिकारी र काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार बस्ने नुवाकोट लिखु गाउँपालिका-५ घर भएका ३४ वर्षीय राजेन्द्र विश्वकर्मा रहेका छ्न् ।

सार्वजनिक सडकमा उक्त ढुंगाहरु देखाई सर्वसाधरणलाई ठगी गर्ने उद्देश्यले विक्री वितरणका लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.