मलेसियामा म्यानमार नागरिककाे छुरा प्रहारबाट एक नेपालीको मृत्यु

मलेसियामा म्यानमार नागरिककाे छुरा प्रहारबाट एक नेपालीको मृत्यु

मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गमा म्यानमार नागरिककाे छुरा प्रहारबाट  एक नेपालीको मृत्यु भएकाे छ ।

एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो ।

छुरा प्ररहाबाट झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.