मिनीट्रक माथि ढुङ्गा खस्दा चालकको मृत्यु

मिनीट्रक माथि ढुङ्गा खस्दा चालकको मृत्यु

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग.१ क. ३७७२ नम्बरको मिनि ट्रकमा स्याङजा वालिङ नगरपालिका वडा नं. -१३ गाहाखोला स्थित सिदार्थ राजमार्गमा सडक माथिबाट अचानक ढुङ्गा  खस्दा चालकको मृत्यु भएकाे छ ।

ढुङ्गाले टाउकोमा गम्भिर चोट लागेका  ट्रक चालक स्याङ्जा पुतलीबजारका  प्रेम शर्माको उपचारको क्रममा मृत्यु भएकाे छ ।

ट्रकमा चालक सहित ३ जना सवार रहेकोमा अन्य दुईजना भने  सकुसल रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.