तीन एसपीको सरुवा

तीन एसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको सहमतिमा तीन जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।

ललितपुरमा रहेका प्रहरी उपरिक्षक शेखर खनाललाई धनुषा जिल्ला प्रहरी कार्यालयमा  सरुवा गरिएको छ । त्यस्तै, सिन्धुलीमा चक्रबहादुर सिंहलाई सरुवा गरिएको छ भने धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई लगिएको छ ।

यसअघिका सिन्धुलीका एसपी रामेश्वर यादव विभिन्न विवादमा तानिएका थिए । उनी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा तानिएका छन् भने धनुषाका एसपी गोविन्द थपलियालाई ललितपुरमा ल्याइएको छ  ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.