अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो ।

काठमाडौँबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.