दाङमा ठूलो परिमाणमा हतियार बरामद

दाङमा ठूलो परिमाणमा हतियार बरामद

दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ।

नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।

भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार बनाउने कारखानमा छापा मारेको प्रहरीले जनाएको छ।

राजपुर गाउँपालिका वडा नं. ७ मा भौवा नाका अवस्थित छ। यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि विप्लवका कार्यकर्ताले पनि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.