राजु गाेर्खाली  काठमाडौँको बानेश्वरबाट पक्राउ

राजु गाेर्खाली  काठमाडौँको बानेश्वरबाट पक्राउ

पुराना गुण्डा नाइके राजु भन्ने राजेन्द्र गाेर्खाली  काठमाडौँको बानेश्वरबाट पक्राउ परेका हुन्।

महानगरीय अपराध महाशाखाको टोलीले गोर्खालीलाई आइतबार दिउँसो काठमाडौँको नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको हो।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। एसपी राठौरको टोली विगत दुई हप्तादेखि गोर्खालीको खोजीमा थियो।

सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो। सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.