३३ किलो सुन प्रकरण- हरि खड्का युएईमा पक्राउ

 ३३ किलो सुन प्रकरण- हरि खड्का युएईमा पक्राउ

३३ किलो सुन प्रकरणमा काभ्रेका हरि खड्का युएईमा पक्राउ परेका छन्। प्रहरीको सर्वाधिक खोजीमा रहेका  खड्कालाई केही दिनअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उ

नलाई प्रहरी प्रधान कार्यालयबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरिएको थियो। प्रवक्ता उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको छ।

खड्काले केही वर्षयता चूडामणि उप्रेतीसँग मिलेर युएईबाट सुन तस्करीमा सहयोग गर्ने गरेको उच्चस्तरीय छानबिन समितिले जनाएको थियो। भरिया सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा उप्रेती जेलमा छन्।

त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ सालमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनको नाम जोडिएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.