चालकको हत्या गरी कार लुटि फरार भएका पक्राउ

चालकको हत्या गरी कार लुटि फरार भएका पक्राउ

व्यक्तिको हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका-२ बस्ने ४३ वर्षीय शरण भट्टराईलाई झापाको काकडभिट्टाबाट फागुन ७ गते प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले झापा बिर्तामोड नगरपालिका-४ बस्ने २७ वर्षीय दिपक पाण्डेलाई मोरङ बेलवारी नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको भाउन्ने चोक नजिक चौरमा २०६५ चैत ३१ गते दाउरा प्रहारबाट हत्या गरी पाण्डेले चलाएको को.१ च ३८५० नम्बरको मारुती कार लुटेर पोखरा पुर्‍याएका थिए ।

उक्त कार पोखरास्थित हिरामोटरपार्टस एण्ड ग्यारेजका संचालक पोखरा बस्ने हिरा गिरीकोमा राखी ६५ हजार रुपैयाँ लिएर फरार भई भारतको दार्जलिङस्थित पानीट्याङकीमा बस्दै गरेको खुल्न आएको छ ।

भट्टराईलाई मोरङ जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.