प्रहरीले चलाएको गोली लागि विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते

प्रहरीले चलाएको गोली लागि विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते

प्रहरीले चलाएको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।

शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाउदा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । खुट्टामा गोली लागी सामान्य घाइते भएका रोकाकाे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप जानकारी आएको छैन् । प्रहरीले अहिलेसम्म घटनाको पुष्टि गरिसकेको छैन् ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.