गण्डकी मेडिकल कलेजका दुई सन्चालक पक्राउ खुमा अर्याल फरार

गण्डकी मेडिकल कलेजका दुई सन्चालक पक्राउ खुमा अर्याल फरार

विद्यार्थीबाट अवैध तरिकाले रकम असुल गरेको आरोपमा गण्डकी मेडिकल कलेजका दुई सन्चालकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का एक सन्चालक फरार रहेका छन् ।

कलेजमा अध्ययनरत १८ जना विद्यार्थीले जाहेरी दिएपछि अनुसन्धान तथा कारबाहीका लागि गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले  बुधबार राति पक्राउ गरेको छ भने अर्का सन्चालक खुमा अर्याल फरार रहेका छन् ।प्रहरीले उनको खोजीका लागि विभिन्न जिल्लामा सर्कुलर गरेको छ।

कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको देखिएको छ।

कलेजमा अध्ययनरत १८ जना विद्यार्थीले जाहेरी दिएपछि अनुसन्धान तथा कारबाहीका लागि दुबै जनालाई कास्की प्रहरीले बुधबार राति पक्राउ गरेको हो। कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको देखिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.