कलंकी स्यूचाटार पुलमुनी युवकको शव फेला

कलंकी स्यूचाटार पुलमुनी युवकको शव फेला

काठमाडौंकाे कलंकी स्यूचाटार पुलमुनी एक युवकको शव भेटिएको छ।

चक्रपथको कलंकी-स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो।  फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

युवकको अनुहार प्रष्ट भए पनि घाटी, कम्बर र पेटमा धारिलो हतियार प्रहार गरी क्षतविक्षत हुनेगरी काटिएको छ ।उनको कसैले हत्या गरेर फालेको आशंका प्रहरीले गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगिसकेको छ । मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.