तरुण दल कार्यकर्ता अनिष पुरीका हत्यारा आफ्नै साथी,१२ जना पक्राउ

तरुण दल कार्यकर्ता अनिष पुरीका हत्यारा आफ्नै साथी,१२ जना पक्राउ

केही दिनअघि रुपन्देहीको देवदहमा भएको नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्याराहरुलाई रुपेन्देही प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

फागुन–२६ गते राति करिव साढे ७ बजेको समयमा रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहस्थित संगमपथमा हत्या गरिएका पुरीका हत्यारा सोही स्थानका आफ्नै १२ जना साथीहरुको समूह रहेको खुलेको छ ।

उनीहरु पुरीसँग एक समय निकै मिल्ने साथी भएको समेत खुलेको छ । उनीहरुले पुरीमाथि ठेक्कापट्टाको रिसईवी साँधेर पूर्व योजना बनाई हत्या गरेको खुलेको हो ।

पुरीमाथि ४ नाबालकसहित १२ जनाको समूहले लाठी, रड र ढुङ्गा प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

हत्या अभियोगीमध्ये ४ जना नाबालक रहेकोले पक्राउ परे पनि प्रहरीले सार्वाजानिक गरेको छैन । उमेर पुगेका ८ जनालाई भने प्रहरीले पत्रकार सार्वाजानिक गरेको छ ।

पुरीको हत्या अभियोगमा उनकै छिमेकी २१ वर्षीय अर्जुन सारु, सोही उमेरका आकाश सारु, पाल्पाको मदनपोखरा गाउँपालिका २ घर भई हाला पुरीकै छिमेकी घोडाह बस्ने १८ वर्षीय कमल बोडेल सार्की, घोडाहमै बस्ने बर्ष २१ का जीवन भण्डारी, पाल्पाकै तिनाउ गाउँपालिका ५ घर भई घोडाहमै बस्ने २० वर्षीय ताराबहादुर बराल, घोडाहकै २० वर्षीय विश्वास गुरुङ्ग, सोही स्थानका २१ वर्षीय शिशिर राना, सोही वडाका २० वर्षीय मने भन्ने मनोज क्षेत्री रहेका छन् ।

त्यसदिन साँझ घोडाहबाट साथीहरुलाई पछाडी राखी लु ४२ प ९९८२ नम्वरको मोटरसाईकल चढेर महेन्द्रराजमार्गतर्फ जाँदै गरेका पुरीलाई संगमपथमा ती १२ जनाले एकै साथ आक्रमण गरेका थिए । उनलाई उपचारका लागि भलुही मेडिकलेज लैजाने क्रममा मृत्यु भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.