तीन डीएसपीको सरुवा , को–कहाँ ?

तीन डीएसपीको सरुवा , को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको सहमतिमा तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

तिवारी यअसघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए ।

इलाका प्रहरी कार्यालय चितवन टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाईएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । ज्ञवालीलाई पनि प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ भने बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याललाई बाँकेस्थित दंगा नियन्त्रण गणमा ल्याइएको छ  ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.