काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने : आइजीपी खनाल

काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने : आइजीपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने बताउनुभएको छ ।

बिहिबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनःसचेत गराउनु भयाे । ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो ।

उहाँले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याउदै ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो

प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहोर्याउनु भयाे ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.