सडक खन्ने क्रममा जेसीबीसँगै चालक पहिरोमा पुरिए

सडक खन्ने क्रममा जेसीबीसँगै चालक पहिरोमा पुरिए

ताप्लेजुङमा सडक खन्ने क्रममा खसेको पहिरोले चालकसहित जेसीबी मेसिनलाई पुरेकाे छ ।

सिरिजंघा गाउँपालिका-५ पेदाङमा जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खन्ने क्रममा खसेको पहिरोले रामेछापका २४ वर्षीय वीरबहादुर तामाङ मेसिनसँगै पुरिएका हुन्।

गाउँपालिका अध्यक्ष टिकाराम गुरुङका अनुसार आइतबार बिहान १०:३० बजे पेदाङको मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर चालकसहित जेसीबी पुरिएको हो।  मेसिन पूर्ण रुपमा पुरिएकाले चालकको अवस्था यस्तै छ भन्ने अवस्था नरहेको अध्यक्ष गुरुङले जानकारी दिए।

मेसिनसँगै पुरिएका चालकको उद्धारका लागि अर्को जेसीबी झिकाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले जानकारी दिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.