धरानमा बस दुर्घटना : ४ को मृत्यु ४० घाइते

धरानमा बस दुर्घटना : ४ को मृत्यु ४० घाइते

धरानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

धनकुटाको बुधबारेबाट धरान तर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस जिरो प्वाइन्टमा दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा बसका चालक धरान ८ का चक्रबहादुर गुरुङ, धनकुटा चौबीसे १ का दलबहादुर मगर रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन ।

बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ । दुर्घटनामा परि घाइते भएका हरुकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाकाे थप विवरण आँउन बाँकी छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.