विप्लव नेतृत्वका डोल्पा इञ्चार्ज पक्राउ

विप्लव नेतृत्वका डोल्पा इञ्चार्ज पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता वीरबहादुर खड्का (क्षितिज)लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका प्रहरीले प्रक्राउ गरेका छन् ।

जिल्लाको भेरी नगरपालिका ३ थाप्लेमा भएको निजी निवासबाट बुधवार उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

डोल्पा प्रहरीको सुचनाको आधारमा उनी विप्लवको गतिविधिमा संलग्न भएको हुँदा प्रक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए। उनलाई हिरासतमा राखेर प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी प्रमुख खत्रीले जानाकारी दिए।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दे आएका खड्कालाई बुधबार साँझ पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनु भयो । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेका खड्कालाई थाप्लेमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.