पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहको कारले  मोटरसाइकललाई ठक्कर दिदा एकजनाकाे मृत्यु भएकाे छ ।

बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किँदै गरेको उक्त कारले मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हाे ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम तर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएको एसपी केसी जानकारी दिए । उनको नोबल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना गराउने कार र चालकलाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.