साढे तीन किलो सुनसहित विमानस्थलबाट तीन चिनियाँ पक्राउ

साढे तीन किलो सुनसहित विमानस्थलबाट तीन चिनियाँ पक्राउ

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले बिहीबार राति मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेको उनीहरुको राहदानीमा उल्लेखित विवरणबाट खुलेको छ ।

चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीलेचेकजाँच गर्दा उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको पत्ता लागेको थियो । उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.