५० ग्राम अवैध सुनसहित एक पक्राउ

५० ग्राम अवैध सुनसहित एक पक्राउ

प्रहरीले सिरहाको ग्रामीण भेगबाट करिब तीन लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा सवारी साधन जाँच गर्ने क्रममा ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुरका २५ वर्षीय मोहमद अकरामुल राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.