मनाङको एयरको हेलिकप्टर दुर्घटना, दुई  प्रहरीको मृत्यु

मनाङको एयरको हेलिकप्टर दुर्घटना, दुई प्रहरीको मृत्यु

आइतबार बिहान ९ बजेतिर सोलुखुम्बुको लुक्ला विमानस्थलमा मनाङको एयरको हेलिकप्टर ल्याण्ड भयो। केहीबेर उक्त हेलिकप्टर पार्किङतिर गयो। पार्किङमा हेलिकप्टरलाई सहजताका दुई जना प्रहरी पनि नजिकै गए।

पर्यटक प्रहरीमा कार्यरत असई रामबहादुर खड्का र विमानस्थल सुरक्षामा खटिएका रूद्रबहादुर श्रेष्ठ हेलिकप्टरको नजिकै थिए।

लुक्ला प्रहरीका अनुसा त्यही बेला समिट एयरको जहाज रामेछापको मन्थली विमानस्थलका लागि टेकअफ गर्दै थियो।

तर जहाज धावनमार्गबाट उड्न सकेन बरू धावनमार्गबाट चिप्लियो। आएर हेलिकप्टरसँग ठोक्कियो।

ठोक्किएका जहाज र हेलिकप्टरले दुई जना असईलाई पनि ठक्कर दिए।

दुर्घटनामा परी पर्यटक प्रहरीमा कार्यरत रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो। समिट एयरका को पाइलट सुजित  ढुंगानाको पनि ज्यान गयो।

घाइते श्रेष्ठ र अन्यलाई उपचारलाई काठमाडौं ल्याइयो। उपचारको क्रममा असई श्रेष्ठको अस्पतालमा मृत्यु भयो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.