मिसनबाट फर्किएपछि राइले लगाए एसएसपीको फुली

मिसनबाट फर्किएपछि राइले लगाए एसएसपीको फुली

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को २०७५ फागुन ७ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालयमा शनिबार  आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मुल्याङ्कन गर्ने चर्चा गर्दै थपिएको जिम्मेवारी पुरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किनुभएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.