लमजुङमा जीप दुर्घटना : एकको मृत्यु २० घाईते

लमजुङमा जीप दुर्घटना : एकको मृत्यु २० घाईते

लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटना हुदा एकजनाकाे मृत्यु भएकाे छ भने २० जना घाईते भएका छन् ।

दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह १२ बजे लाङ्दीखोलामा दुर्घटना हुदा साेहि ठाउकी २६ वर्षीया गोमाया गुरुङको मृत्यु भएको हाे।

घाइते भएकी गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो । जीपमा २१ जना सवार थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.