स्रोत–साधन र जनशक्तिको अभावमा नयाँ युनिट स्थापना गर्न सकिएन: सशस्त्र प्रहरी

स्रोत–साधन र जनशक्तिको अभावमा नयाँ युनिट स्थापना गर्न सकिएन: सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले स्रोत–साधन र जनशक्तिको अभावमा मागअनुसार नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ ।

महानिरीक्षक शैलेन्द्र खनालले एक वर्षे कार्यकालको आज प्रगति विवरण सार्वजनिक गर्दै साधन–स्रोत र जनशक्तिको अभावमा मागअनुसार १ सय ६९ स्थानमा युनिट स्थापना गर्न नसकिएको जानकारी दिनुभएको हो ।

स्रोत–साधन र जशक्ति बढाउँदै मागअनुसार ठूला विद्युत र राष्ट्रिय गौरवका आयोजनामा सशस्त्र प्रहरीको युनिट स्थापनालाई प्राथमिकता दिइएको भन्दै महानिरीक्षक खनालले आफ्नो एक वर्षे कार्यकालमा कर्मचारी भर्ना प्रक्रिया थप व्यवस्थित बनाइएको दावी गर्नुभयो ।

सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो ।

बलबारे सर्वसाधारणलाई जानकारी गराउन आजैबाट मोवाइल एप्स सञ्चालनमा ल्याइएको उसले यस वर्ष देशरभका सबै युनिटमा इन्टरनेट सेवा पु¥याउने लक्ष्य दिइएको पनि जनाएको छ ।

खनालका अनुसार यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.