ताण्डव न्युजका सम्पादक पक्राउ

ताण्डव न्युजका सम्पादक पक्राउ

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ ।

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराेको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्।

सिआइबीका डिआइजी निरज शाहीका अनुसार साे सम्पादक रहेकाे अनलाइन दर्ता नभएकाे कारण उनलाई पक्राउ गरिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.