नेपाली बालकमाथि यौनशोषण,पाउल म्याकार्थी क्यानडामा पक्राउ
नेपालमा २५ भन्दा धेरै बालकमाथि यौनशोषण गरेका युरोपियन युनियन(इयू)का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडामा पक्राउ परेका छन् ।
इयूका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बनेर काम गरेका पाउल क्यानेडियन नागरिक हुन् । करिब डेढ महिनाअघि क्यानडा प्रहरीले उनलाई नेपालमा गरेको अपराधमा पक्राउ गरेको हो ।
नेपालमा रहँदा पाउल बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकलाई आफ्नो डेरामा लैजाने र यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको छ । क्यानडा पुगेपछि उनको साथबाट बरामद मोबाइल तथा ल्यापटपबाट अपराध पत्ता लागेको हो ।
पाउलले बालकहरूको गोप्य भिडियो खिच्नुका साथै यौनसम्बन्धी भिडियोहरू देखाउने गरेका थिए । क्यानडामा ‘चाइल्ड पोर्नोग्राफी’ सम्बन्धी अपराधमा उनीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा क्यानडा प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग सहकार्य गरेको छ ।
पाउलविरुद्ध नेपाल प्रहरीले समेत मुद्दा दायर गर्ने तयारी गरेको छ ।
उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिने सिआइबीका डिएसपी कवित कटवालले बताए । आफ्नो कार्यकाल सकिएपछि उनी अनाथालयमा सहयोगका नाममा नेपाल आउने गरेका थिए । पाउल गत मंसिरमा नेपालबाट क्यानडा फर्किएका थिए ।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...