बालअधिकारका संरक्षक नै पक्राउ 

बालअधिकारका संरक्षक नै पक्राउ 

बालबालिकाका लागि काम गर्ने एक गैरसरकारी संस्थाका विदेशी प्रतिनिधिसमेत बाल यौनदुराचार अभियोगमा पक्राउ परेका छन् ।

वसन्तपुरस्थित एसोसिएसन अफ चाइल्ड प्रोटेक्सन(एपिसी)मा आबद्ध ६९ वर्षीय फ्रेन्च नागरिक जर्जस् इगोर हिमान्स्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बुधबार ठमेलको एक होटेलबाट पक्राउ गरेको हो । उनको कोठाबाट प्रहरीले एक बालकलाई उद्धार गरेको थियो । दुई बालकले उनीविरुद्ध उजुरी दिएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

उनी यसअघि पटक–पटक बाल यौनदुराचारको घटनामा कारबाहीमा परिसकेका व्यक्ति हुन् । जर्जस् सन् २००२ मा फ्रान्समा यस्तै अपराधमा पक्राउ परेका थिए । पछि, उनले शिक्षकका रूपमा सर्बियामा काम गर्न थाले । त्य

हाँ पनि आफ्नै विद्यार्थीलाई यौनदुराचार गरेको अभियोग लाग्यो । त्यहाँ जर्जस्ले माफी मागेर देश छाडेका थिए ।  सन् २०१४ यता उनी सातपटक नेपाल आएका थिए । नेपाल भ्रमणको उनको उद्देश्य नै बालकहरूसँग यौनक्रीडामा रमाउनु रहेको खुलेको छ । बालकहरूसँग नजिक हुनकै लागि बालअधिकारसम्बन्धी संस्थामा उनी आबद्ध भएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.