नख्खु  बम विस्फोटको मुख्य योजनाकार पक्राउ

नख्खु बम विस्फोटको मुख्य योजनाकार पक्राउ

नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।

२०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।

नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् ।

यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.