लाजिम्पाटबाट ५० केजी गाँजासहित दुई पक्राउ

लाजिम्पाटबाट ५० केजी गाँजासहित दुई पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले राजधानीको लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ ।

बिशेष सुचनाका आधारमा खटिएको टोलीले मंगलबार साँझ उक्त गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी वृत्तले जनाएको छ ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा छापा मार्दै आएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.