‘विप्लवलाई मैले होईन कानूनले प्रतिबन्ध गरेको हो ’: गृहमन्त्री थापा

‘विप्लवलाई मैले होईन कानूनले प्रतिबन्ध गरेको हो ’: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशिलता खलबलाउने खालका क्रियाकलापमा संलग्न जो कसैलाई सरकारले कानूनी दायरामा ल्याउने बताएका छन् ।

आज हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै यो कुरा बताएका हुन् । मन्त्री बादलले नेत्र विक्रम चन्द नेतृत्वको विप्लव पार्टीलाई  अपराधमा संलग्न तथा शान्ति सुरक्षाको निम्ति बाधक भएको आधारमा प्रतिवन्ध गरिएको बताए ।

उनले भने ‘ विप्लवलाई मैंले होईन, नेपालको कानूनले प्रतिबन्ध गरेको हो । ’ नेपालको संविधानमा हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने बम पड्काउने र पैसा असुल्ने जस्ताअपराधिक गतिविधि गर्ने, र मुलुकको शान्ति सु – व्यवस्था खलबलाउने खालका काम  गर्ने अधिकार कसैलाई नभएकोले यस्ता क्रियाकलाप गर्ने जो कसैलाई कानूनी दायरामा ल्याइने बताए ।

उनले विखण्डनकारी सि के राउतलाई सरकारले मूल धारमा ल्याउन सफल भएको भन्दै विप्लवलाई पनि मूल धारमा ल्याउन प्रयार जारी रहेको बताए ।  विप्लवका शिर्ष नेताहरु पक्राउ गरिएको विषयमा भने उनीहरुको अपराधिक गतिविधि नियन्त्रणमात्रै गर्न खोजिएको उनले बताए ।

विप्लवलाई मूलधारमा ल्याउनको लागि सरकारले बार्ता कमिटीनै निर्माण गरी छलफल गरेको उनले स्मरण गरे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.