पाल्पामा गाउँपालिका कार्यालयमा बम विस्फाेट

पाल्पामा गाउँपालिका कार्यालयमा बम विस्फाेट

पाल्पाकाे रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ ।

गए राति करिब साढे १ बजेतिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।

साे विस्फाेटका कारण प्रतीक्षालयमा क्षति पुगेकाे छ भने गाउँपालिका कार्यालयकाे भवनका शिसा ,झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो ।

राति अज्ञान समूहले बम विस्फोटन गराइएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । तर कस्ले र किन गराएको हो भन्नेबारे खुल्न नसकेकाे र घटनाबारे अनुसन्धान भइरहेको जनाइएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.