बेरूजु फर्छ्यौट मापनमा प्रहरी सर्वोत्कृष्ट,गृहमन्त्रीले दिए सर्वेन्द्र खनाललाई पुरस्कार

बेरूजु फर्छ्यौट मापनमा प्रहरी सर्वोत्कृष्ट,गृहमन्त्रीले दिए सर्वेन्द्र खनाललाई पुरस्कार

बेरूजु फर्छ्यौट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट भएको छ।

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रमुख (आइजिपी) सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको बेरूजु फर्छ्यौटमा सर्वोकृष्ट स्थान प्राप्त गरको भन्दै सम्मान गरेको हो।

गृहमन्त्री रामबहदुर थापा ‘बादल’ले बिहिबार एक कार्य्रकमबीच खनाललाई सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्।

आर्थिक वर्ष ०७३/०७४ सम्मको बेरूजु रकममध्ये ८५ दशमलव १४ प्रतिशत प्रहरी प्रधान कार्यालयको बेरूजु फर्छ्यौट गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

गृहमन्त्री थापाले आगामी दिनमा समेत यसरी नै लक्ष्य अनुसार फर्छ्यौट कार्यमा लगनशीलता र सक्रियता अपेक्षा गरिने बताए।

आर्थिक वर्ष ०७३/०७४ सम्मको जम्मा बेरूजु ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार प्रहरी प्रधान कार्यालयले फर्छ्यौट गरेको थियो।

बेरुजु भनेको के हो  ?

कुनै पनि संस्था वा व्यक्तिलाई कुनै उदेश्य प्राप्तिको लागि दिइएको अग्रिम पेश्की स्वरुप पेश्की प्रदान गरिएको रकम बिल भरपाई र खर्च आय व्यय भुक्तानी गर्दा नपुग रकम लाई जनाउछ।

बेरुजुको अवस्था
-नियमित गर्नु पर्ने
-अशुली गर्नु पर्ने
-पेश्की फर्च्योट

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.