अर्जुन गिरी साधारण तारेखमा रिहा

अर्जुन गिरी साधारण तारेखमा रिहा

‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । काठमाडाैं जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई  नियन्त्रणमा लिएको थियो।  साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो। मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको  थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.